निजगढ, १८ साउन– घर पुर्याइदिने भन्दै चिनजानको मान्छेले नै झुक्याएर ट्रकमा चढाएर ल्याइएकी एक युवतिको रौतहटको शितलपुरमा सामुहिक बलात्कार भएको छ । सामुहिक बलात्कार गरेको आरोपमा रौतहट प्रहरीले ट्रक चालक, सहचालक र अर्का एकसहित ३ जनालाई शुक्रबार पक्राउ गरेको छ ।

 

चितवनस्थित घर फर्किने क्रममा सवारी साधन कुरेर बाराको पथलैया चोकमा बसेकी २१ बर्षिय युवतिलाई चिनेका एक युवकले घर पुर्याइ दिने भन्दै बिहिबार साँझ झुक्याएर रौतहटको फतुवाविजयपुर ल्याएर भोलिपल्ट सामुहिक बलात्कार गरेका हुन ।

 

बलात्कार आरोपमा प्रहरीले ना.२ ख. ६७४७ नम्बरको ट्रक चालक तनहुँ, ब्यास नगरपालिका—१ बस्ने वर्ष २९ का विष्णुप्रसाद रानाभाट, सोही ठाउँका १८ वर्षिय सहचालक विनोद रानाभाट र अर्का १९ वर्षिय केशर मगरलाई पक्राउ गरेको हो । यसअघि नै सामान्य चिनजान रहेका मगरले पथलैया चोकमा युवतिलाई भेटेपछि बाराको कोल्हवीबाट १ घण्टामा फर्किएरसंगै घर जाउला भनेर ट्रकमा चढाएका थिए ।

 

तनहुँमा काम गर्ने क्रममा दुबैको यसअघि सामान्य चिनजान भएको थियो । धानको भुस लैजाने क्रममा उक्त ट्रक नवलपुरको गैडाकोटबाट रौतहटतर्फ आउदै गरेको प्रहरीले बताएको छ ।

 

झुक्याएर ल्याइएकी युवतिलाई फतुवाविजयपुर नगरपालिका– १ शितलपुरमा पुर्याएर भोलिपल्ट बिहान साढे २ बजे ट्रकभित्रै सामुहिक बलात्कार गरिएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी िदिनुभयो । पिडित युवतिले दिएको सुचनाको आधारमा प्रहरीले तीनै जनालाई ट्रकसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

 

निरीक्षक साहले जिल्ला अदालत गौरबाट १५ दिन हिरासतमा राखी थप अनुसन्धान गर्न अनुमति दिएको निरीक्षक साहले जानकारी दिनुभयो । घटनापछि पिडित युवतिका आफन्त शनिबार साझँ नै विजयपुर आइपुगेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here