सिम्रौनगढ, ९ साउन– जिल्लाको सिम्रौनगढ नगरपालिका वार्ड नम्बर २ रानिवास बजारस्थित मोनिका ट्रेडर्समा गए चोरी भएको छ ।

राति करिव १२ बजे तिर आएको चोरहरुको समुहले पसल फोरेर नगद र सरसमानसमेत गरी १ लाख ७५ हजार बराबरको धनमाल चोरी गरेको पसलका साहु जादोलाल कुशवाहाले बताउनुभयो ।

पसलमा राखिएको नगद १ लाख, मोवाइल र एनसेल रिचार्डसमेत चोरी भएको कुशवाहाले बताउनुभयो । सोही समुले मोनिका ट्रेडर्स नजिकैमा रहेको अर्को रामजि पटेलको मोबाइल पसलमासमेत तोडफोड गरेका छन ।

 

पटेलको पसलबाट भने सामान चोरी नभएको बताइएको छ । रानिबास बजारमा यसअघि पनि पटकपटक चोरीका घटना हुदै आएको छन । एक महिनाअघि स्थानीय ओमप्रकाशको होटलमा चोरी भएको थियो । प्रहरी चौकी नजिकै रहेको बजारमा लगातारजसो चोरीका घटना भइरहदा पनि प्रहरीले चोरहरुलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । बजार क्षेत्रबाट ईलाका प्रहरी कार्यलय सिम्रौनगढ पनि नजिकै रहेको छ ।

बजारमा बढदै गएका चौरीको नियन्त्रणमा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र तामाङले चासो नदेखाएको भन्दै स्थानीय व्यापारीले असन्तुष्टि जनाएका छन । उनीहरुले प्रहरी विरुद्धमा चरणबद्ध रूपमा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन । प्रहरीको गस्ति र अनुगमन नहुदा बजारमा चोरीका घटना बढेको स्थानिय व्यापारी राजु कुशवाहाले बताउनुभयो ।

उता, अमृतगन्ज प्रहरी चौकीका असइ राजु साहले चोरीका घटनामा प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here