कलैया,बारा र पर्सा जिल्लामा लगाइएको उखु खेतीमा रेडरोट (लाल सडल) रोगको प्रकोप देखिएको छ ।

बाराको श्रीपुरस्थित रिलायन्स सुगर एन्ड केमिकल ईन्डस्ट्रिज प्रालिका क्यान जिएम अरुण श्रीवास्तवका अनुसार भेराईटी जातको उखुमा यो रोगको प्रकोप देखिएको हो ।

भेराईटी जातको उखुको लागि यो रोग क्यान्सरभन्दा बढी खतरनाक भएको उहाँले बताउनुभएको छ । यो रोग लागेपछि उखुको तेश्रो र चौथो पात पहेलो हुने र क्रमस बोट नै नष्ट पार्ने उहाँले जानकारी दिनुभयो । समयमै उपचार नभएको खण्डमा रोग फैलिएर सबै बाली नष्ट हुनसक्ने उहाँको भनाइ छ ।

रोगको उपचारका लागि किसानलाई रोको नामक पाउडर औषधि उपलब्ध गराउदै आएको मिलले जनाएको छ । रोग नियन्त्रण गर्न किसानलाई उधारोमा औषधि वितरण गर्दै आएको कम्पनीका क्यान म्यानेजर अतुल मिश्रले जानकारी दिनुभयो । मिश्रले रोग नियन्त्रणको लागि रोग लागेको उखुको बोटको जरामा २ चम्चा ब्लिचिङ्ग पाउडर छर्किने र माटोले राम्रोसँग पुर्नुपर्ने बताउनुभयो ।

मिश्रका अनुसार बारा जिल्लामा गत वर्ष पनि यो रोगको प्रकोप देखा परेको र कलैया उपमहानगरपालिका औधापुर क्षेत्रका किसानहरुको करिब २० बिघा खेतको उखु नष्ट भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here