बिहीबार एकाएक सामाजिक संजालतिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्न लागेको घरको विषयमा चर्चा परिचर्चा भएको देखियो ।एमालेकै धेरै नेता कार्यकर्ताहरुले राधिका शाक्यले शिलान्यास गरेको घरको निकै आलोचना भयो । एमाले भनेको जर्मनीका कम्यूनिष्ट नेता कार्लमाक्र्सबाट प्रभावित भएर नेपालमा स्थापना गरिएको पार्टी हो । उसले जनताको बहुदलीय जनवाद भन्छ र कम्यूनिष्टहरुको जीवनशैली सरल र सामान्य हुनुपर्छ पनि भन्छ तर नेताहरुको जीवनशैलीले धेरैलाई सोच्न बाध्य बनाएको छ ।
सो पार्टीका नेताहरुको अपारदर्शी र विलाशी जीवन शैलीकै परिणाम स्वरुप जेनजी आन्दोलन पनि नेपालमा भयो । अझै नेताहरुको चेत खुलेको जस्तो देखिदैन । बिहीवार ‘ओली कुटी’ को नाउमा शिलान्यास गरिएको भवनको निकै आलोचना भएको छ ।कम्यूनिष्टहरुले किन सादा जीवन जिउने प्रयास गर्नुपर्छ भने त्यो देशको आर्थिक अवस्था र जनतलाई हेर्नु पर्दछ । केपी ओली आलिसान महलमा बस्न नै हुदैन भन्न खोजिएको पनि होइन । तर, जनता अझै झुपडीमा बस्ने, गरिबी चरम रहने, बिहान बेलुका दुई छाक खान धौ धौ हुने अवस्थामा करोडको घर बनाइनु सच्चा कम्यूनिष्टको धर्म र नैतिकता पनि होइन ।
जनताको जीवन स्तर उकासौं अनि नेता महलमा बसौं कसैले बिरोध गर्दैन र गर्नुको अर्थ पनि हुदैन तर देश र जनताको ख्याल नगर्ने अनि आफू कुटी भन्दै महलमा बस्ने यो चैं कुनै पनि नेताका लागि सुहाउने कुरा होइन झन् कम्यूनिष्टका लागि त हुदै होइन ।
















