नरेश गुप्ता
बरियारपुर – बारा जिल्लामा संचालनमा रहेको सहकारी तथा लघुबित बितिय संस्थामा महिलाहरुको प्रयोग गरि ठगी गर्ने २ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । बढी ब्याज दिने प्रलोभन दिई विभिन्न बितिय संस्थाबाट महिलाहरुको प्रयोग गरि उनिहरुको नाममा त्रण निकाली ठगी गर्ने सुवर्ण गांउपालिका ८ पशुरामपुर निवासी बर्ष ५३ को झलु खां पैठानलाई रु ८३ लाख ८१ हजार त्रण लिइ ठगी गरेको आरोप लागेपछी उनलाई पक्राउ गरिएको बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनु भयो ।
त्यसैगरी बाराको प्रसौनी गांउपालिका ७ बजरिया निवासी जहिर मियाले १४ जना महिलाहरुलाइ प्रयोग गरि बितिय संस्था बाट ४० लाख ९५ हजार ८ सय ९३ रुपैया त्रण लिइ फरार रहेको अवस्थामा मियालाई पक्राउ गरिएको छ । पक्राउ परेका मिया र पैठानले महिलाहरुलाई प्रलोभन दिई बढी ब्याज दिने , किस्ता पनि तिरी दिने प्रलोभनमा पारी विभिन्न सहकारी तथा बितिय संस्थाबाट त्रण लिइ फरार रहेको थियो ।
पक्राउ परेको झलु खां पैठानलाई समानित बारा जिला अदालत बाट ठगी मुदामा १० दिन र जहिर मियालाई ७ दिनको म्याद थमाई अनुसन्धान भैइरहेको बाराको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो ।