जियालाल चौधरी 
कोल्हवी – नोबेल कोरोना भाईरस ( कोभिड-१९ ) महामारीको फैलिरहेको बेला सरकारले जारी गरेको लकडाउनका बेला समाचार सहज होस भनी मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था शाखा कार्यालय कोल्हवीमा कार्यरत कर्मचारीहरुले चेरवन्त खबरलाई इन्टरनेट जडानको समपुर्ण खर्च सहयोग गरेको छ ।
बाराको कोल्हवीमा रहेको चेरवन्त खबरले सहज तरिकाले छिटोछरितो समाचार सम्प्रेषण गरोस् भनी इनटरनेटको सम्पूर्ण खर्च मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था शाखा कार्यालय कोल्हवीमा कार्यरत कर्मचारीले आइतबार  इन्टरनेट खर्चकाे रकम हस्तान्तरण गरेको हो ।
लकडाउनका कारणले समाचार सम्प्रेषण  गर्न चेरवन्त खबरलाई कठिनाइ भएकाले  मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था शाखा कार्यालय कोल्हवीमा कार्यरत कर्मचारीले चेरवन्त खबरलाई सहयोग गरिएको शाखा कार्यालयका प्रबन्घक अजित कुमार मण्डलले जानकारी दिए ।
 
सहयोग गर्नेमा शाखा कार्यालयका प्रबन्घक मण्डल , कनिष्ट सहायक शैलेन्द्र चौधरी र चन्दन चौरसिया, फिल्ड सहायक फुलकुमारी चौधरी र रन्जित चौधरी लगायतका कर्मचारीले आफ्नो ब्याक्तिगतबाट सहयोग गरेको छ । सो कार्यक्रममा थारु पत्रकार संघ नेपाल  बाराका  जिल्ला अध्यक्ष जियालाल चौधरी, इन्जोत मिडिया प्रा. लि. द्वारा संचालित रेडियो कोल्हबीका सिईयो  ज्ञानेन्द्र चौधरी, प्रबन्ध निर्देशक अनिल प्रित चौधरी र सोही रेडियो कोल्हबीका समाचार वाचक रमेश चौलागाइको उपस्थितिमा चेरवन्त खबरको प्रबन्ध निर्देशन नविन चौधरी र सम्पादक नन्देश्वर चौधरीलाई सहयोग दिइएको थियो ।

Leave a Reply