निजगढ,निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको माग राखेर निजगढस्थित शहिद चोकमा सुरु भएको रिले अनशन शुक्रवार एघारौं दिनमा पनि जारी छ ।
अनसनमा महिलाहरुको तर्फबाट १० जनाको टोली सहभागी रहेको छ । अनसनमा जानुका कल्पना पोखरेल, चन्द्रा चौलागाई, मिरा पोखरेल, जानुका तिमल्सिना, देवबी खनिया, किरण श्रेष्ठ, सीता रिसाल, बलराम तिमल्सिना, पार्वती अधिकारी र रामप्रसाद ओझा सहभागी भएका छन । शुक्रवार साँझ ५ बजेबाट सुरु गरेका उनीहरुले शनिवार साझँ ५ बजेसम्म खाना नखाइ २४ घण्टासम्म अनसन बस्ने छन ।
यसैबीच मधेस प्रदेश सभा सदस्य पारस साह र शारदाशंकर साह शुक्रवार दिउसो अनशनस्थलमा पुगेर आन्दोलनप्रति ऐक्यवद्धता जनाउनुभएको छ । उहाँहरुले विमानस्थल निर्माणको लागि निजगढमा सुरु भएको आन्दोलनप्रति समर्थन रहेको जनाउदै यस विषयमा आफूहरुले प्रदेश सभा बैठकमा कुरा उठाउने पनि बताउनुभएको थियो ।