वीरगञ्ज,सशस्त्र प्रहरीले वीरगञ्जबाट सालको गोलिया बरामद गरेको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ रतनपुरबाट अवैध रुपमा लैजाँदै गरेको अवस्थामा सालको काठ बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले बताउनुभयो ।उहाँकाअनुसार विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको टोली रतनपुर पुगेको थियो । ठूलो मात्रामा काठ तस्करी भइरहेको सूचना पाएपनि ३५ क्युबिक फिट काठको गोलिया बरामद भएको धिमालले बताउनुभयो ।

Leave a Reply