संगठन राष्ट्रिय युवा संघले बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेललाई ज्ञापन पत्र बुझाउदै ।
दुष्यन्त चौधरी 
कलैया  – रिलायन्स सुगर मिल्स एण्ड केमिकल ईन्डष्ट्रीज प्रा. लि. ले आफ्ना उद्योगबाट निस्केको दुषित पानी बंगरी खोलामा झारेको विषयमा निकै चर्चा पाएका छन् । कलैया उपमहानगरपालिका २४  श्रीपुरस्थित रहेको उद्योगबाट उत्सर्जित पानीबाट मानव स्थास्थ्य र पशुपक्षित र बालीनालीमा क्षति पुगेको भन्दै बाराका फेटा गाउँपालिका र प्रसौनी गाउँपालिकाका अध्यक्षले पनि प्रमुख जिल्ला अधिकारी फणीन्द्र मनी पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए ।
तर हाल सम्म नत प्रमुख जिल्ला अधिकारीले नै कुनै ठोस कदम चालेका छन् , नत कलैया उपमहानगरपालिकाले ले नै । सरोकारवालाहरूले यसलाई रोक्न कुनै उचित कदम नचालेपछि 
बाराका युवाहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । उद्योगबाट निस्केको पानीले कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, प्रशौनी गाउँपालिका, फेटा गाउँपालिका, बिश्रामपुर गाउँपालिकाकोका मानवबस्ती, जीवजन्तु र कृषिमा असर पुगेको भन्दै सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल जिल्ला कमिटी बाराले प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेललाई ज्ञापन पत्र बुझाएको हो ।
संघका संयोजक पुरुषोत्तम साह र सहसंयोजक अर्जुन शर्मा अधिकारीद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ,–‘उखुबाट निस्केको विषादी तरल पदार्थलाई व्यवस्थित नगरि नाला र पाईपमार्फत बंगरी नदीमा पु¥याएको पाईएको छ ।’ नदीको पानीको असरले पशु चौपाया मर्नुका साथै स्थानीयमा छाला र स्वासप्रस्वास सम्बन्धि रोग देखिएको र बालीनाली नष्ट भएको विज्ञप्तीमा जनाईएको छ ।
संघले सरोकारवालालाई समस्याका बारेमा ध्याकर्ष गराईएको विज्ञप्तीमा उल्लेख छ। ज्ञापन पत्रको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, जिल्ला नदी नियन्त्रण कार्यालय, कृषि ज्ञान केन्द्र, जिल्ला स्वास्थ्य कार्यालय, जितपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, प्रशौनी गाउँपालिका, फेटा गाउँपालिका, बिश्रामपुर गाउँपालिकालाई बोधार्थ पठाईएको छ ।
पानीको असरको बारेमा स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकार उदासिन बनेकोकाले बाध्य भएर संघले अगाडी बढेको जनाईएको छ । ज्ञापन पत्र बुझाउन नेकपाका नेता अध्यान्न्द पाण्डे, धुरी साह, मुकेश साह, रबिन्द दास श्रेष्ठ, राज महम्मद राय, जितेन्द्र साह, अशोक तिवारी, उमेश यादव, संदिप यादव, अमित साह, सुरेन्द्र यादव, प्रभु यादव, बिनोद गुप्ता, रमोद यादव, लगाएत जिल्ला प्रशासन कार्यालय कलैयामा पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here