पुष्पराज खतिवडा
मन्हर्वा – साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा,बाराको १७ औं स्थापना दिवसको अवसरमा एकदिने निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा संस्थाले कलैया उपमहानगरपालिका २ को दोहरी स्थीत अमर माध्यमिक विद्यालय परिषरमा आँखा परिक्षण शिविर सम्पन्न गरेको हो ।
शिविरमा ४०३ जनाले आँखा परिक्षण गराएकामा १६५ जनामा मोतियाविन्दु फेला परेको आँखा परिक्षणमा खटिएकी नेत्र सहायक सविता क्षेत्रीले बताईन् । मोतियाविन्दुका विरामीका लागि यही माघ २ र ३ गते गरी हेटौंडा अस्ताल लगि निःशुल्क अप्रेसन गरिने ब्यवस्था मिलाईएको उनले बताईन् ।
शिविरमा विरामीहरुको सामुदायिक आँखा अस्पतालकी नेत्र सहकायक सविता सहित संझना कुँवर आँखा बैंक प्राविधिक अमरेन्द्र वि.क. र प्राविधिक सुस्मिता चौधरीले आँखा जाँच गरेका थिए । विरामीहरुकालागि यातायात, खाना र बासको समेत निःशुल्क ब्यवास्था मिलाईएको साना किसान कृषि सहकारी संस्था लिमिडेड मनहर्वा,बाराकी अध्यक्ष नयनकला खड्काले जानकारी दिईन् ।
सहकारी संस्था र अस्पतालको सहकार्यमा बर्षेनी आँखा शिविर संचालन हुँदै आएको छ । हाल सम्म ३ हजार बढीको निःशुल्क आँखा परिक्षण हुनुका साथै ८ सय ४५ जनाको आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको खड्काले जानकारी दिईन् । शिविर संचालन तथा ब्यवस्थापनमा कलैया उपमहानगरपालिका २का वडा अध्यक्ष राजेश कुमार महत्तोले आवश्यक सहजीकरण तथा सहकारीको कलैया सेवाकेन्द्रका प्रमुख जगदिप कोईरालाले ब्वस्थापन गरेका थिए ।