संचार माध्यमहरुमा आएको कुरालाई आधार बनाउने हो भने प्रधानमन्त्री शेरबहादुर देउवा निटक भविष्यमा नै अमेरिका भ्रमणमा जाँदैछन् । उनी अमेरिका जाँदा नेपाललाई घात हुने गरी केही संझौता गर्लान् भन्ने आशंका धेरैलाई लागेको छ । उनी अमेरिका पुग्नुअघि नै उनकै योजनामा नेपालमा एमसिसी भन्ने परियोजना लागू गरिएको कुरा आएको छ र यो आरोप उनले झेलिरहेका छन् । त्यसो त उनी अमेरिका निकटका व्यक्ति भएको कुरा बेलाबेलामा उठ्दै पनि आएको छ ।

नेपालमा अमेरिका ढिलोचाढो आफ्नो दरिलो उपस्थिति चाहन्छ । विश्वमा नै शक्तिशाली रहेको चीनलाई साइजमा ल्याउनका लागि र भारतको गतिविधिलाई पनि खुम्चाउनका लागि पनि अमेरिका नेपाललाई आश्रय स्थल बनाउन चाहान्छ । यो सत्य कुरा हो । यसमा कसैले कुनै भ्रम नराखे हुन्छ । आफ्नो अनुकुलको शसक नभएका कारणले अमेरिकाले आफूले भने जसरी अहिलेसम्म काम गर्न सकेको छैन ।

अहिले अमेरिकाका लागि सहज छ । देश त देउवा वा अहिलेका नेताहरुको बपौति होइन तर यिनले आफ्नो स्वार्थका लागि जे पनि गर्छन् । अहिले उठिरहेको सवाल पनि यही नै हो । त्यसैले अमेरिकाको लागि तयार रहेका प्रधानमन्त्रीले किन अमेरिका जान लागेको हो, त्यहाँ गएपछि गर्ने के हो भन्ने कुरा स्पष्ट पार्न जरुरी छ । जनतालाई ढाटन र झुक्काउन पाइदैन ।

Leave a Reply