पुष्पराज खतिवडा
मन्हर्वा – प्रदेश नं.२ को प्रदेश ट्राफिक कार्यालय पथलैयाले शुक्रबारबाट लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधनहरुलाई टाईम कार्ड लागु गरेको छ । प्रदेश ट्राफिक कार्यालयले टाईम कार्ड , रिफ्लेक्टीभ ज्याकेटको प्रयोग र सरसफाईका लागि अनिवार्ड डस्वीन लगायत कार्यान्वयनको सुरुवात गरेको छ । सुक्रबार विहान तीनजना यात्रुवाहक सवारी बसका चालकहरुलाई सम्मान सहित टाईम कार्ड, ज्याकेट र डस्वीन हस्तान्तरण गरि “सडक सुरक्षा सचेतना अभियान” शुभारम्भ समेत गरिएको छ । प्रदेश ट्राफिक प्रहरी प्रमुख उपरिक्षक श्याम कुमार महत्तोले चालकहरुलाई सडक शुरक्षा सम्बन्धी विभिन्न २१ बुँदे प्रतिबद्धतामा हस्ताक्षर गर्न लगाई अभियानको शुभारम्भ गरेका हुन् ।
अभियान अन्तरगत प्रदेश ट्राफिक कार्यालय पथलैयाले शुक्रबारबाट छोटो तथा लामो दुरीका सवारी साधनहरुलाई निःशुल्क टाईक कार्ड बितरण कार्यान्वयन समेत सुरु गरेको छ । दुरीका अनुसार प्रत्येक ट्राफिक चेक प्वाईन्टलाई ध्यानमा राखेर टाईमकार्डमा समय निर्धारण गरीएको छ । त्यस्तै गरी सवारी चालकका लागि २ नं.प्रदेश चालक लेखिएको हरियो रंगको ज्याकेट अनिवार्य गरिएको छ । सवारी साधनबाट निस्कने फोहर ब्यवस्थापनका लागि अनिवार्य डस्वीन राख्न र अचानक हुने आगलागीबाट बाँच्न अग्नीनियन्त्रण यन्त्र अनिवार्य राख्न भनिएको प्रदेश ट्राफिक प्रहरी प्रमुख उपरिक्षक महत्तोले जानकारी दिए ।
प्रदेश नम्बर २ दुर्घटनाको उच्च जोखिम भएको प्रदेशको रुपमा रहेको छ । दुर्घटना न्युनिकरण गर्ने उद्धेश्यले “सडक सुरक्षा सचेतना अभियान” को सुरुवात गरिएको उनले बताए । प्रदेश भरीका मुख्य राजमार्गमा टाईमकाई लगायतका कार्यक्रम लागु गरेसँगै यात्रु वाहक सवारी दुर्घटनामा कमी ल्याउने लक्ष्य लिइएको छ । टाईमकार्ड लागु भएपछी यात्रुले यात्रामा सहजता अनुभुती गर्ने प्रदेश २ ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरिक्षक महत्तोले बताए । बाराको पथलैया देखी सप्तकोसीको भारदह सम्म २२८ किलोमिटर लामो राजमार्गमा आजबाट टाईम कार्ड लागु भएको हो । भारदह देखी पथलैया सम्मको उक्त दुरीलाई चार भागमा समय र दुरी मिलाएर कार्ड परिक्षणको ब्यवस्था गरिको छ ।
भारदह देखी लहान ५७ किलोमिटरका लागि १ घण्टा १५ मिनट, लाहन देखी लालगढ ६९ किलोमिटरका लागि १ घण्टा ३० मिनेट निर्धारण गरिएको छ । त्यस्तै गरी लालगढबाट कर्मैया ५० किलोमिटरको दुरीमा १ घण्टा १० मिनट र कर्मैया देखी पथलैया सम्म ५२ किलोमिटरका लागि १ घण्टा १५को समय निर्धारण गरिएको प्रहरीले जनाएको छ । यसरी २२८ किलो मिटर सडक पार गर्न बस मिनीबस,ट्रक र मिनी टकलाई ४ घण्टा ७० मिनटको समय निर्धारण गरिएको प्रहरी प्रदेश ट्राफिक प्रहरी प्रमुख उपरिक्षक महत्तोले जानकारी दिए ।
प्रहरी संविधान दिवस अवसर गत असोज ३ गतेबाट दशैं लगायतका चाडपर्वलाई लक्षित केही दिनका लागि टाईमकार्ड लागु गरिएको थियो । यस पटक भने स्थाई रुपमै प्रदेशका ८ बाटै जिल्लाबाट कार्यान्वयमा कडाई गर्ने गरी मातहतका ७८ यूनिट परिचालन गरिएको उनले बताए । प्रदेश नम्बर २ प्रदेश ट्राफिक कार्यालय पथलैयाले यस आर्थिक वर्षको फाल्गुन सम्ममा ७ सय ४६ ओटा सवारी दुर्घटनामा ३ सय २३ ओटाको मृत्यु भएको जनाएको छ । यसरी यस प्रदेशमा बढदै गएको दुर्घटना न्युनिकरण गर्न यस अभियानले सहयोग पुग्ने प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी प्रवक्ता जयकृष्ण कुर्मीले जानकारी दिए ।
यता प्रदेश नम्बर २ प्रदेश ट्राफिक कार्यालयले अभियानको सुरुवात गरेर सवारी दुर्घटना न्युनिकरणका लागि सुरु गरेको अभियानबाट आफुहरु खुशि भएको सवारी चालक प्रकाश खत्रीले बताए । समय, शुरक्षा र सरफाईमा चालकको भुमिका महत्वपूर्ण हुने कुरामा आफु सचेत र प्रतिवद्ध रहेर सवारी चलाउने गर्ने उनले बताए ।