आजबाट बर्खायाम शुरु भयो । असार १ गते लागेपछि अब बर्षायाम शुरु भयो भन्दा फरक पर्ने कुरै भएन । तराई मधेशका जिल्लाहरुमा असार १ गते वा असार लाग्ने बित्तिकै त धान रोपाइ हुदैन तर बिस्तारै असारको अन्त्यसम्ममा धान रोपाइ गरेर सकिन्छ । धान रोपाइ गरेरा लागि मल अनि सिंचाईको आवश्यकता हुने गर्दछ । धान रोपिसकेपछि र कृषकहरुले धानका लागि मलको जोहो गर्नुपर्ने हुन्छ ।

त्यसो त करिब एक महिना अगाडि मात्रै कृषकहरुले धानको बिऊ राखेका थिए । बिउ पनि भने जसरी कृषकहरुले राख्न पाएनन् । प्रर्याप्त मलको ब्यवस्था नभएका कारण कृषकहरुले समयमा बिऊ राख्न पाएनन् । तीन तहका सरकार अहिले भएपनि मल र बिऊको सवालमा कुनै ठोस नीति नबनाएका कारण पनि संधै कृषकहरु मारमा परेका छन् ।

धानका लागि मल आवश्यक पर्ने समय आउन त बाँकी नै छ तर पनि चिन्ता अहिलेबाट नै गर्नु पर्ने अवस्था छ । अहिलेबाट नै कृषकहरुले मलको जोहो गर्नुपर्ने बाध्यता पनि छ । सरकारले समयमा मल उपलब्ध गराएको रेकर्ड नै नभएका कारण पनि कृषकहरु संधै समस्यामा पर्ने गरेका हुन् । त्यसैले पनि मलको सवालमा कृषकहरुमाथि जहिले पनि झेल हुने गरेको छ ।

Leave a Reply