TOPSHOT - People gather near a damaged vehicle and scattered debris after the road washed out following a flash flood in Mingora, the main city of Swat Valley, in monsoon-hit northern Pakistan's mountainous Khyber Pakhtunkhwa province on August 16, 2025. The death toll from heavy monsoon rains that have triggered flash floods across northern Pakistan has risen to at least 321 people in the last 48 hours, disaster agencies said on August 16. (Photo by Mehboob UL HAQ / AFP)

काठमाण्डौं,पाकिस्तानमा मुसल्धारे वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो २४ घण्टामा कम्तीमा दुई सय २५ जनाको ज्यान गएको छ । खैबर पख्तुनख्वा प्रान्तमा मात्रै एक सय ८० जनाले ज्यान गुमाएका छन् ।
पाकिस्तान प्रशासशित कश्मीरमा नौ जना र गिलगित–बाल्टिस्तान क्षेत्रमा पाँच जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये धेरैजसो महिला र बालबालिका छन् । उद्धार कार्यका क्रममा प्रान्तीय सरकारको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटसहित पाँच जनाले ज्यान गुमाएका छन् ।

पाकिस्तानको मौसम विभागले आउँदा दिनमा झनै ठूलो वर्षा हुने चेतावनी दिँदै जोखिमयुक्त ठाउँबाट टाढा रहन आग्रह गरेको छ । सरकारले आज शोकको दिन घोषणा गर्दै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । जलवायु परिवर्तनका कारण पाकिस्तानमा यस्ता चरम मौसम घटनाहरू बढ्दो क्रममा छन् । यो वर्षको मनसुन अबधिमा अहिलेसम्म पाँच सय जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

Leave a Reply