सिमरा,नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगाप्रसाद वाग्ले ‘हेम– गंगा शारीरिक अपाङ्गता प्रतिभा पुरस्कार’ बाट सम्मानित हुनुभएको छ ।३२औं अन्तर्राष्ट्रिय अपङ्गता दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा वाग्ले सम्मानित हुनु भएको हो ।अपाङ्गताको क्षेत्रमा निरन्तर सक्रिय र अपाङ्गता भएका व्यक्तिका लागि प्रेरणादायी कार्य गर्दैआएको जनाउँदै समाज कल्याण परिषद् अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषले वाग्लेलाई सम्मान गरेको हो । वाग्लेलाई नेपाल सरकारको सहरी विकास मन्त्री सीता गुरुङ्गले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।शिक्षण पेशामा रहनुभएका वाग्ले लामो समयदेखि बारामा अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै आउनुभएको छ ।


















