बीरगंज, ११ भदौ ।
नेपालीकांग्रेस ठोरी गाउ“ समिति सदस्य स्वर्गीय पिताम्बर घिमिरेको सम्झनामा शनिबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सभामा कांग्रेसका नेताहरुले स्व.घिमिरेप्रति श्रद्धाञ्जली व्यक्त गरेकाथिए । कार्यक्रममा श्रद्धाञ्जली ब्यक्तगर्दै प्रमुख अतिथी तथा नेपाली कांग्रेस नेता रमेश रिजालले स्व.घिमिरेको प्रजातान्त्र आए पश्चात पार्र्टी प्रतिको लगाव र मेहनतको कदर गर्दै कांग्रेसले एक सच्चा कार्यकर्ता गुमाएको बताए ।
एक फरक प्रसंगमा नेता रिजालले अहिले देश भरको नेपाली कांग्रेसको सकारात्मक प्रभावको बारेमा जानकारी दिंदै आउ“दो मंसिर ४ गतेको निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले बिजय हासिल गर्नेमा कुनै शंका नरहेको बताए । आगामी मंसिर ४ को संघीय चुनावमा पर्सा क्षेत्र नम्बर ४ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले भारी मतका साथ बिजय हासिलगर्ने बताउ“दै नेता रिजालले अहिले आफू त्यसैको तयारीमा लागिपरेको र ठोरीका कार्यकर्ताहरुलाई पनि तयार रहन आग्रह गरेका थिए ।
कार्यक्रममा मधेस प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, मधेस प्रदेशका बिधायक शंकर चौधरी र नेपाली कांग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठले सम्बोधन गरेकाथिए । नेपालीकांग्रेस ठोरी ३ कावडा समिति सभापति रुद्र खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रामबहादुर श्रेष्ठ लगायत कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।