अहिले मधेस प्रदेशमा के हुन्छ यसै भन्न सकिने अवस्था छैन । अथवा मधेस प्रदेश सभा रहन्छ वा रहदैन भन्नेमा आशंका उत्पन्न भएको छ । मधेस प्रदेशमा राजनीतिक दलहरुले आफ्नो स्वार्थ अनुसारको कदम चाल्ने गरेकाले पनि मधेसको अस्तित्व छोटो समयमा धरापमा परेको हो ।
मधेस अरु प्रदेशभन्दा बढी खासखालको पनि छ किनभने मधेस भूगोलका हिसावले लगभग मधेसी समुदायकै मानिसहरुको बसोवास रहेको स्थान हो । यसलाई स्वयक्त बनाउने कुरा पनि बेला बेलामा उठ्छ यस्तोमा मधेस आफै यसरी लडिरहने हो भने स्वायक्त भन्ने कुरा मात्र होइन संघीयताको कुरा नै धरापमा पर्ने खतरा छ ।
यसका लागि मधेस प्रदेशमा रहेका नेताहरु चैं बढी जिम्मेवार र संवेदनशील बन्न जरुरी छ । एक समूहले संघीयता नै कमजोर बनाउनका लागिपरिरहेको अवस्थामा त्यस्तैलाई मलजल हुनेगरी आफैमा लडाइ गर्ने कुरा ठीक होइन । सबै कुरा सत्ता होइन । कतिपय कुरा सत्ता बाहिर राखेर पनि गर्न सकिन्छ । मधेस रहेको खण्डमा सत्ता रहन्छ नै यदि मधेस नै रहेन भने केको सत्ता ?
यो विषयमा धेरैले ख्याल गरेको पाइदैन । यो विषयमा गम्भीर तरिकाले ख्याल गर्न आवश्यक छ । सोच्न पनि जरुरी छ र यसै अनुसार दलहरु लाग्न पनि आवश्यक छ । म भए सबै ठीक नत्र बेठीक भन्ने तर्क गर्ने हो भने संघीयता धरापमा पर्नेछ र मधेस प्रदेशको अस्तित्व पनि नरहन सक्नेछ । त्यसैले संघीयता र अस्तित्व जोगाउन लागौं, सत्ताका लागि मात्र लुछाचुडी नगरौं ।

Leave a Reply