हुनत काठमाडौंको मेयरमा बालेन्द्र शाह बिजयी भएको पनि लामो समय भइसकेको छ तर बालेन्द्रको जीतमा कसैले माने पनि नमाने पनि मिडियाको ठूलो हात रहेको थियो ।
सामान्य नागरिक बालेन्द्रको मेयर पदमा उम्मेदवारी पर्ने बित्तिकै नेपालका ठूला भनिएका मिडियाहरुले उनको समाचारलाई प्रेषण गरिरहे र उनलाई आम नागरिक माँझ चिनाउन झन् सहज भयो । यस्तै एउटा घटना शनिबार पनि भयो । शनिबार एक व्यक्ति हाइटेन्टनको तारमा चढे र उनी दिनभर नेपालका अनलाइनहरुको समाचार बनिरहे ।
बेलुका उनीलाई तराबाट तल नझारिर्दासम्म उनको समाचार प्रशारित÷प्रकाशित भइ नै रहे भलै उनलाई आफू सेलिब्रेटी भएको कुरा भने थाहा थिएन । उनी जानेर पनि त्यहाँ चढेको होइनन । त्यो तारमा चढ्ने व्यक्ति सहज मगजको भएपनि उसलाई सबैले पागल भन्ने नै भए । ती माइला बिक भनिने व्यक्तिको दिमाख जे भएपनि तत्कालका लागि भने बिग्रिएको मान्नुपर्दछ ।
तर, यो घटनाले सिकाएको मुल कुरा को हो भने कुनै एक व्यक्तिले कुनै कारणले कानुन, नियम, सामाजिक मर्यादा सबै बिर्सन्छ भने के उसलाई उन्मुक्ति दिने त ? उसको हर्कतलाई नेपाल केही मिडियाले महान कार्य जसरी समाचार प्रकाशित गरे । आम नागरिकहरुको चासो भएपनि उनले गरेको गलत कार्य नै हो । त्यसैले यस्ता हर्कतका पछाडि मिडिया दौडनु हुन्न तर पनि नेपालका मिडियाहरु जहिले पनि हतारको समाचारका लागि भने दौडिरहेको देख्न पाइन्छ ।