निजगढ,चैत १९ बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा निजगढ नगरपालिकाबाट ६ सय ४५ जना विद्यार्थी सहभागी हुने भएका छन ।निजगढका सामुदायिक र संस्थागत विद्यालयबाट गरी जना विद्यार्थी हुन लागेका हुन । जिल्ला शिक्षा समन्वय इकाइ बाराले दिएको जानकारी अनुसार निजगढमा सबैभन्दा बढी निजगढ ८ को गौरीशंकर माविबाट १ सय ७७ जना विद्यार्थी सहभागी हुने भएका हुन ।

त्यसैगरी निजगढ ६ को गौरीशंकर माविबाट ७९ जना, सार्वजनिक मावि बागदेवबाट ७३ जना, नेरामावि रतनपुरीबाट ६३ जना, नेरामावि सिंगौलबाट ३६ जना, र नेत्रोदय मावि योजना टोलबाट २७ जना, नेरामावि लालबाट २६ विद्यार्थी सहभागी हुनेछन । संस्थागत विद्यालयहरुतर्फ भने विद्यासागर इङ्गलिस बोडिङ्ग स्कुलबाट ५९ र होली एन्जल्स इङ्गलिस बोडिङ्ग स्कुलबाट २८ जना विद्यार्थी सहभागी हुने छन ।
यसैबीच मधेश प्रदेशबाट ८७ हजार ५९१ जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका सूचना अधिकारी थानेश्वर यादवका अनुसार परीक्षाका लागि प्रदेशभर २९९ वटा परीक्षा केन्द्र तोकिएको छ भने एक हजार ३१६ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । सूचना अधिकारी यादवले परीक्षा संचालन गर्न २९९ जना केन्द्राध्यक्ष, ४३३ जना सहायक केन्द्राध्यक्ष, चार हजार २३५ जना निरीक्षक, ७३४ जना परीक्षा सहायक तथा एक हजार ६०३ जना कार्यालय सहयोगी खटाइने भएको बताउनुभयो ।
उहाँका अनुसार मधेश प्रदेशका आठ जिल्लामध्ये धनुषाबाट सबैभन्दा बढी विद्यार्थी एसइईमा सहभागी हुने छन् । धनुषाका २०३ विद्यालयका १३ हजार २६२ विद्यार्थी परीक्षामा सहभागी हुने उहाँले जानकारी दिनुभयो । सबैभन्दा कम सप्तरीबाट १६२ विद्यालयका नौ हजार २७६ विद्यार्थी परीक्षामा सहभागी हुने सूचना अधिकारी यादवले बताउनुभयो ।
निर्देशनालयको तथ्याङ्क अनुसार सिराहाबाट ११ हजार ३८, महोत्तरीबाट ११ हजार ३५१, सर्लाहीबाट ११ हजार ३७१, रौतहटबाट नौ हजार ७७७, बाराबाट १० हजार ८१३ र पर्साबाट १० हजार ७०३ विद्यार्थी परीक्षामा सहभागि हुने छन् । निर्देशनालयको तथ्याङ्क अनुसार अघिल्लो वर्षको एसइईमा ८८ हजार ८५८ विद्यार्थी सहभागी थिए ।

Leave a Reply