सरकारले बुधबार छैठौं पटक लकडाउन बढाउने निर्णय गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रास बढेसँगै नेपालमा सरकारले २०७६ साल चैत ११ गतेबाट लकडाउन शुरु गरेको थियो अब लकडाउन बिस्तारै ६० दिनतर्फ अग्रसर हुँदैछ । बिश्वका कतिपय देशमा लकडाउन छ भने कतिपय देशमा छैन तर मानवीय षति ठूला देशमा छ र नेपाल जस्ता देशपनि कोरोनाबाट अछुतो छैन नेपालमा भने सरकारले लकडाउनका कारण नै कोरोना बिरुद्ध बच्न संभव भएको बताउदै आएको छ ।

 

 

सरकारले छैठौं पटक जेठ ५ गतेसम्मका लागि लकडाउन गरेको छ ।लकडाउनले कोरोनाको त्रास घटेको होला नहोला तर दैनिकी भने कष्टकर बनेको छ तर दैनिक कोराना संक्रमितहरुको संख्या पनि बढ्दै गइरहेको छ । दिनदिँदै कोरोना बढ्नु अनि सरकारले लकडाउन गर्नु स्वभाविक पनि होला यद्यपी अब लकडाउन नै अन्तिम बिकल्प भन्न थालियो भने यसले मुलुकलाई आर्थिक रुपमा ठूलो षति हुने निश्चित छ । नेपालमा कोरोनाको परिक्षण अझै ब्यापक हुन सकेको छैन यो अर्थमा कोरोना संक्रमति अझै बढ्नेछन् ।

 

 

 

यसरी संक्रिमत बढ्दै जाने अनि सकारले लकडाउन निरन्तर गर्र्दै जाने हो भने नेपालमा मध्यम बर्गकै नागरिकहरु भोकमरीमा पर्ने देखिन्छ । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीतिर पनि लकडाउनलाई फर्काइएको छ । २५ गतेबाट खुकुलो हुने भनिएको लकडाउन ओलीकै कारण लकडाउन बढाइएको भन्ने कुरा आएको छ । पार्टीभित्र उनको कुर्सी हल्लिने हल्ला चल्नु र लकडाउन पछि बढाउँदै लैजानु कतै जंगलमा स्याल कराउनु र घरमा बाख्रो हराउनु जस्तो भएको होकि भन्ने आशंका उत्पन्न गराएको छ । यदी यसो भए त्यो दुःखद हुनेछ ।

Leave a Reply