मुलतः विश्वमा चिकित्सा विज्ञानले ल्याएको परिवर्तनको सकारात्मक प्रभाव नेपालमा पनि परेको छ । हरेक क्षेत्रको विकास र परिवर्तनसँगै स्वास्थ्य, शिक्षा र स्वास्थ्य सेवामा पनि उत्तिकै परिवर्तन र सुधारका संकेतहरु देखिएका छन् । यो बेग्लै विषय हो कि परिवर्तन र सुधार जे जति हुनुपथ्र्यो, त्यो भने भएको छैन । यसो भन्दैमा भएका प्रगतिलाई पहिचान नदिनु ठीक हुँदैन । नेपालको स्वास्थ्य सेवामा आयुर्वेदिक, अकुपञ्चर, एलोपेथिक, होमियोपेथिक, लेजर थेरापी, फिजियो थेरापी, शल्यक्रिया लगायतका थुपै्र विधिहरु अभ्यासमा छन् ।

यी विविध विधिलाई सरकारले विभिन्न कोणबाट नीतिगत रुपमा नै सम्बोधन गरी सर्वसाधारणलाई प्रष्ट सूचना दिन नसक्दा प्राप्त सुविधाबाट पनि सेवाग्राही वञ्चित बन्ने गरेका छन् । नेपालमा उपचारका नाममा कतिपय व्यक्तिले सरकारको स्वीकृति नै नलिई विभिन्न प्रविधि भित्र्याउने र बिना लाइसेन्स यस्ता रोगको उपचारका लागि हामीलाई सम्झनोस् भनी बोर्ड नै राखेर मुलुकका ठूला शहरमा सरकारलाई गिज्याइरहेका छन् ।

यस विषयमा सरकारको कुन निकायले हेर्ने र व्यवस्थित गर्ने भन्ने विषयमा कानुनी रुपमै स्पष्ट नभएको हो वा नदेखेझै गरेको हो भन्ने बारेमा बुझ्न सकिएको छैन । नेपालमा जङ्कफुडको बढी प्रयोगका कारण पछिल्लो समय बालकदेखि वृद्धसम्मलाई पाइल्स, फिसर, फिस्टुलाको समस्या हरेक घरघरको समस्याका रुपमा विकास भएको छ । यस्ता विषयमा सरोकारवाल सबैले ध्यान दिन सके निरोधात्मक कार्यमा ठुलो मद्दत पुग्ने थियो ।

 

Leave a Reply