नरेश गुप्ता

बरियारपुर,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको १७ औं स्थापना दिवसका अवसरमा फेटा गाउँपालिकामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन ।

फेटा गाउँपालिकास्थित फेटा बजारमा आयोजना गरिएको रक्तदानमा कार्यक्रमको आयोजना गरिएको महासंघले जनाएको छ । महासंघ मधेस प्रदेस कमिटीका अध्यक्ष कुरान अली ठकुराईको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष ठकुराईले महासंघले प्रत्येक वर्ष स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको बताउदै रक्तदान कार्यक्रम मानवताको प्रतीक भएकोले सबैले रक्तदान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र विरगन्जका प्रमुख सौरभराज पाण्डेले सबै रक्तदाताप्रती उच्च सम्मान राखेर संघसंस्थाहरुले रक्तदान गराउन आग्रह गर्नुभयो । प्राकृतिक रुपमै रगत आफै बन्ने र खेर जाने भएकाले रक्तदान गरेर मानिसहरुर्ला अकाल मृत्युबाट जोगाउन सकिने बताउनुभयो ।

कार्यक्रम सफल पार्न फेटा गाउँपालिकाको कार्यालय; नेपाल रेडक्रस सोसाइटी वीरगन्ज पर्सा र फेटाका जनप्रतिनिधि र स्थानीय समाजसेवी तथा स्वास्थ्यकर्मीहरुले सहयोग गरेको ठकुराईले जनाउनुभएको छ ।

Leave a Reply