नरेश गुप्ता
बरियारपुर,हरेक वर्ष झै यस वर्ष पनि भगवान शिवको आराधना गर्न मंगलबार बिहानैदेखि बारा जिल्लाका विभिन्न स्थानमा रहेका शिवालयहरुमा भक्तजनको भिड लागेको छ ।
महाशिवरात्री पर्वको अवसरमा बाराको सिद्वेश्वर संस्कृत विद्यालयस्थित शिव पार्वती मन्दिर, काटघाँमा रहेको सहजनाथा बाबा, महादेव स्थान महागढीमाई, निजगढको पर्वतनाथ महादेव मन्दिर, अमावस्थित अमरेश्वर महादेव, बेलपाती माई, रौतहटको शिवनगर लगायत बारा र रौतहटका विभिन्न शिवालयहरुमा भक्तजनको बिहानदेखि नै भक्तजनहरुको भिड लागेको थियो ।
भक्तजनको भिड नियन्त्रण तथा व्यवस्थापनमा गर्न मन्दिर परिशरमा जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतका प्रहरी युनिटका प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी र पूजा व्यवस्थापन समितिका स्वयंसेवक परिचालन भएका थिए ।
फागुन चतुरदर्शीमा पर्ने महाशिवरात्री पर्वमा भगवान शिवको आराधना गर्न श्रद्धालु भक्तजनहरुले बिहान नदी र तलाउमा स्नान गरी पवित्र स्थानबाट जल बोकेर शिवलिङ्गमा अर्पण गरेका छन । भगवान शिवको आराधनामा फूलमाला, अबिर, चन्दन, बेलपत्र, भाङ्गको पात, मकै, मिठाई चढाएर शिवको पूजा गर्ने आशिर्वाद लिने गरिन्छ ।
विवाहित तथा अविवाहित सबै महिलाले भगवानको आराधनाको लागि बिहानदेखि निराहर उपबास गरेर शिवलिङ्गमा जल अर्पणपछि फलफूल र प्रसाद ग्रहण गर्ने गरेका छन । भगवान शिवलाई शंकर, भोले बाबा, हरहर महादेव, शम्भो, त्रीनेत्री, शिवजी लगायत नामले पुकारिन्छ ।