दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको कोल्हबी नगरपालिका वडा नम्बर ७ धोधरपामा आइतवार छठ पर्व गर्ने स्थानीय दलित समुदायका महिलाहरुलाई निःशुल्क दौरा, सुक्ली र साडी वितरण गरिएको छ ।हिन्दूहरुको महान पर्व दिपावली र छठ पर्वको अवसरमा सुफिका एग्रो फर्मका संस्थापक तथा युवा समाजसेवी साबिर अंसारीको विशेष पहलमा छठ सामग्री वितरण भएको हो ।कार्यक्रममा सहयोगीहरु नरेशकुमार मिश्रा, युवा समाजसेवी यासिफअंसारी, सैजुलाल साह, मोजाहिर अंसारी, सौकत अंसारीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमा सो वडाका दलित समुदायका ४० जना महिला सहभागीहरुलाई दौरा सुक्ली तथा साडी वितरण गरिएको स्थानीय सञ्चारकर्मी राजन चौधरीले जानकारी गराउनुभएको छ ।

Leave a Reply