त्रिशुली नदीमा यात्रु हराएको पनि आज ठ्याक्कै एक साता भएको छ । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रु बस र काठमाडौंबाट गौर आउदै गरेको अर्को यात्रु बस पहिरोसंगै त्रिशुलीमा बगेका थिए । यी दुई बसमा बारा, पर्सा, रौतहटसहित मधेशका धेरै नागरिकहरु परेका छन् ।
हुनत् केहीको शव यो एक हप्ताको अन्तरालमा बरामद भएको छ तर बाराको पर्सौनी गाउँपालिकाकाको एउटा दम्पति शव अझै आफन्तले पाएनन र उनीहरु कुशको शव बनाएर अन्तिमसंस्कार गर्न बाध्य भए । हुनत अलि दिन कुरेको भए पक्कै पनि लाश त पाउने अवस्था रहन्थ्यो होला नै ।सुरक्षाकर्मीहरुले खोजतलास त गरिरहेका छन् तर उनीहरुले जिवित निकाल्ने कुरा त कता हो कता मृत शरीर पनि फेला पार्न सकेका छैनन । अझ एक हप्ताको यो अवधिसम्म नदीमा खसेको बसकोसमेत अत्तोपत्तो नलाग्नु भनेको हामी प्रविधिको विकासको दृष्टिले कहाँ रहेछौं भन्ने पनि देखिन्छ । यस्तो अवस्थामा उद्धार गर्न सरकारसंग कुनै साधन रहेनछ भन्ने कुरा पनि यसले प्रमाणित गरेको छ । सरकार चुप लागेर बसेको त नहोला तैपनि परिणाम भने आउन सकेको छैन ।
बस त्रिशुलीमा खसेपछि नै दुई दुुईवटा सरकार गठन भए तर पीडितहरुको अवस्था उस्तै छ । नत अघिल्लो सरकारले बस खोज्न सक्यो नत यो सरकारले अहिलेसम्म फेला पार्न सकेको छ ।हुन छ, त्रिशुलीमा खसेको ३०औं वर्ष अगाडिको बससमेत नपाइएको पनि खबरहरु आउने गरेका छन् तर यो पाइएला आशा गरौं तर ढिला भइसक्यो अब योभन्दा ढिला नहोस् कम्तीमा त्रिशुलीमा बगेकाहरुको सास नपाइए पनि सरकारले लाश दिन सकोस् ।