सेढवा,पर्सा प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजासहित एक वृद्धलाई नियन्त्रणमा लिएको छ ।जिल्लाको ठोरी गाँउपालिका– ५ बाट प्रहरीले लागूऔषध ४६ किलोग्राम गाँजासहित मकवानपुर जिल्लास्थित मनहरी गाँउपालिका–२ निवासी ५३ वर्षिय बौद्ध सिंह घलानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीको टोलीले गस्तीका क्रममा तिना जना व्यक्तिलाई लागूऔषध गाँजा बोकेर हिँडिरहेको अवस्थामा फेला परेको थियो । उनीहरुमध्ये दुईजना गाँजा छोडेर भाग्न सफल भएका थिए भने घलानलाई गाँजासहित नियन्त्रणमा लिन सफल भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) निर्मल बुढोथोकीले जानकारी दिनुभयो ।पक्राउ परेका घलानलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको डिएसपी बुढाथोकीले बताउनुभयो ।


















