नरेश गुप्ता

बरियारपुर,वडा अध्यक्षले सिफारिस दिन नमानेपछि पचरौता नगरपालिका वडा नम्बर २ श्रीनगरबैरिया निवासी नेजामोद्दिन अंसारी श्रीमती अकलिमाको मुटुको शल्यक्रिया गर्न नपाएर समस्यामा परेका छन ।

अंसारीकी ७० वर्षे पत्नी अकलिमा खातुन विगत केही महिनादेखि मुटुको रोगले पिडीत बन्दै आउनुभएको छ । डाक्टरले मुटुको शल्यक्रिया गर्न सल्लाह दिएपछि उहाँ पचरौता नगगरपालिका वडा नम्बर २ को कार्यलय सिफारिसका लागि २ हप्तादेखि धाउदै आउनुभएको छ । तर वडा अध्यक्ष मनोज यादवले सिफारिस दिन नमानेका कारण उहाँ समस्यामा पर्नुभएको छ ।

पिडीत अंसारी नगर प्रमुख जलान्धर सिंह निकट रहेकोले वडा अध्यक्षले सिफारिस पत्र नदिएको उहाँले बताउनुभयो । असार २४ गते सिफारिसको लागि आवेदन दिनुभएका अन्सारीलाई वडा अध्यक्ष यादवले मेयर सिंहबाट सिफारिस लिन जवाफ फर्काएका थिए । वडा कार्यालयबाट सिफारिस नपाएपछि नगरपालिकाको स्वास्थ्य शाखा संयोजक नवलकिशोर यादवमार्फत सिफारिस निम्ति पहल गर्न सम्पर्क गर्दा वडा अध्यक्ष यादवले नगर प्रमुख सिंहसंग सिफारिस लिन लगाउनु भनी ठाडो आदेश दिनुभएको बताइएको छ । अन्सारी हाल नगर प्रमुख जालन्धर सिंहमार्फत सिफारिस लिन नगरपालिका कार्यालयमा धाउन थाल्नभएको हो ।

देशमा संघीयता लागूभएसंगै निर्वाचित जनप्रतिनिधिले सेवाग्राहीको काम निष्पक्ष रुपले गर्नुपर्ने भए पनि जनप्रतिनिधिहरुले जिम्मेवारी पुरा नगरेको पीडित अन्सारीले गुनासो गर्नुभयो ।

नेपाल सरकारले मृगौला, मुटु र क्यान्सर जस्ता गम्भीर प्रकृतिका रोगहरुको उपचार खर्चमा नगपालिकाकाको सिफारिसको आधारमा छुट दिने व्यवस्था गरेको छ । गरिब, असहाय परिवारकी खातुनको काठमाडौस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्रमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here