रतनपुर,बाराको निजगढ नगरपालिका वडा नम्बर १० लालमा योङ्ग स्टार युनाइटेड फुटबल क्लबको आयोजनामा बिहीवारबाट संचालन हुने ल्होछर कप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । प्रतियोगिताको सबै तयारी पूरा भएको प्रतियोगिता संयोजक कुमार मोक्तानले जानकारी दिनुभएको हो ।

आयोजक योङ्ग स्टार युनाइटेड फुटबल क्लबले लाल बुद्धचोकस्थित खेलमैदानमा सो प्रतियोगिता आयोेजना गर्नलागेको हो । प्रतियोगितामा नमस्ते युवा क्लब, निजगढ एफ.सि–१२, न्यू हिमाल युवा क्लब, चकरी युवा क्लब, नयाँ परिवर्तन एकता, समाजसुधार युवा क्लब, सिंगौल फुटवल क्लब, योङ्ग स्टार आयोजक (ए), निजगढ युवा क्लब, सिर्जनशील युवा क्लब, निजगढ सिटी क्लब, चन्द्रपुर– ८, रतनपुर युनाइटेड क्लब, ओम युवा क्लब, निजगढ एफ.सि– १३, आयोजक (बि) गरि १६ फुटबल टोलीको सहभागिता छ ।जनाउने भएका छन । प्रतियोगिताको विजेताले नगद १ लाख १० हजार र उपविजेताले ५५ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । व्यक्तिगत विद्यातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ हजार नगद र ट्रफी पाउनेछ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, फरवार्डलाई जनही ३ हजारसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
फुटबल खेलको माध्यमबाट ल्होछर पर्वलाई देश तथा विदेशमा चिनाउने र आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।उद्धाटन खेलमा बिहीवार नमस्ते युव क्लब सर्लाही र ग्रामिण विकास एफसी कोलगाउँबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply