कलैया,कलैया उपमहानगरपालिका वडा नम्बर– ६ निवासी बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जना जेल चलान भएका छन् ।स्वर्णकारको हत्या आरोपमा पक्राउ परेकी उनकी प्रेमिका भनिएकी राधा गुप्तासहित सात जनालाई अदालतले जेल चलान गरेको हो । जिल्ला अदालत बारामा कर्तव्य ज्यान, संगठित अपराध तथा हातहतियार खरखजाना मुद्दाको थुनछेक बहसमा अदालतले सात जनालाई जेल चलान गरेको अदालतका सूचना अधिकारी कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो । सो घटनामा बाँकी चार जना भने फरार छन् ।
जिल्ला अदालतका न्यायाधीश शम्भुप्रसाद बरालको इजलासले उक्त मुद्दामा आरोपितहरू कलैया– ६ की राधा गुप्ता, कलैया– २२ का प्रवीणकुमार साह, सुवर्ण गाउँपालिका– ८ का बिगुकुमार कानु, सुवर्ण गाउँपलिका– ४ का चन्द्रिकाप्रसाद यादव, रौतहटको मौलापुर नगरपालिका– ६ बस्ने कौशलकिशोर यादव, सन्तोषप्रसाद र अरुण कुमारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको दाहालले बताउनुभयोफरार हुनेमा भारत बिहारका मनोज गुप्ता, चञ्चल पाण्डे, रौतहटको मौलापुर नगरपालिका बस्ने विनोद राय यादव र विशालकुमार यादव रहेको र उनीहरूविरुद्ध अदालतले कानुनबमोजिम म्याद जारी गरेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply