मुलतः काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुन नसक्दा राजधानी दुर्गन्धित हुन थालेको छ । फोहोरकै कारण राजधानीमा ट्राफिक जामको समस्या पनि देखा पर्न थालेको छ । राजधानीको फोहोर व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरे डांँडा बरपरका स्थानीय बासिन्दाले आफ्नो माग पूरा नभएसम्म फोहोर व्यवस्थापन हुन नदिने अडान लिएपछि राजधानीका सडक छेउमा थुप्रिएको फोहोरले गम्भीर खालका रोग निम्त्याउने खतरा पनि बढेको छ ।

खासगरी राजधानीको फोहोर व्यवस्थापनको मुख्य जिम्मा लिएको काठमाडौं महानगरपालिकाको नयांँ नेतृत्वको पहल समेत सफल हुन सकेको देखिंदैन । स्थानीयवासीका माग पूरा गर्न सरकार गम्भीर नबन्दा राजधानीवासीले सास्ती भोग्नुपरेको छ । समस्या सम्बोधन गर्न स्थानीय निकायले चालेको कदम प्रभावकारी बन्न नसक्दा फोहोरको समस्या दिनदिनै बढ्दै गएको छ ।

सरकारले स्थानीयको मागलाई सम्बोधन नगरेको पनि होइन तर नयाँं(नयाँं समस्या निकालेर स्थानीयले फोहोर व्यवस्थापनमा व्यवधान खडा गरेपछि समस्या झन् बढ्दै गएको देखिन्छ । फोहोर व्यवस्थापनको विषयलाई राजनीतिकरण गर्ने स्थानीय बासिन्दाको मागलाई जायज मान्न सकिने अवस्था छैन ।

Leave a Reply