सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयले शुक्रवार लैंगिक हिंसा र कानुनी उपचार विषयक अन्तक्रियाको आयोजना गरेको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत वडा कार्यालयले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा पूर्वमन्त्री पुरुषोत्तम पौडेल, नेकपा एमाले मधेस प्रदेश कमिटी सचिव मनोज पौडेल, नेकपा माओवादी केन्द्रकी केन्द्रीय कमिटी सदस्य गीता कंडेल, अधिवक्ता हरेराम सर्राफ, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहाल, जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका सदस्य पवित्रामाया कार्की, न्यायिक समितिकी सदस्य सीता उप्रेतीलगायत उपस्थित थिए ।‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने नाराका साथ ३३औं अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा पनि संचालन भईरहेको छ ।अभियानको क्रममा जनचेतना फैलाउने, नीति निर्माणमा दवाव दिने, समुदायलाई क्रियाशील बनाउने, पीडितको सहारा बन्नेलगायतको गतिविधि संचालन गरिएको छ ।सोही अभियानअन्तर्गत वडा नम्बर १४ को कार्यालयले चेतनामुलक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पूर्वमन्त्री पौडेलसहितका वक्ताले महिला, पुरुष, बालबालिका, लैंगिक अल्पसंख्यकमाथि हुने हिंसा र त्यसको न्युनीकरणका लागि अबलम्बन गर्न सकिने बाटो तथा कानुनी उपचारका विषयमा चर्चा गरेका थिए । वक्ताहरुले विद्यालय तहमा लैंगिक समानताको शिक्षा प्रदान गर्न, वडा तथा नगरमा महिला समूहलाई सशक्त बनाउन, पीडितको आवाज उजागर गर्न, स्थानीय सरकारले कार्यालयमा लैंगिक हिंसा न्युनिकरण लक्षित डेक्स स्थापना गर्नलगायतको सुझाव दिएका थिए ।

Leave a Reply