नरेश गुप्ता

बरियारपुर,पचरौता नगरपालिकाको कार्यपालिकाको कार्यपालिका सद्स्य पदको लागि बुधबार भएको निर्वाचनमा जसपा नेपालको पुरै प्यानल निर्वाचित भएको छ । पचरौताको कार्यपालिकाको महिला सद्स्यहरुमा दायाँ देबी यादव, जिना खातुन, ईन्दुकुमारी श्रीबास्तव, सतिया देबी तत्मिन, रिता देबीले २४÷ २४ मत प्राप्त गरि निर्वाचित भएका हुन ।

त्यसैगरी नेकपा एमाले र लोसपा गठबन्धनका उम्मेदवारहरु फुलवा कुमारी, महापतिया देबी दुसादिन, प्रमसिला देबी चनौ तथा सिन्दु देबी र चमेली देबीले २३÷ २३ मत प्राप्त गरेका थिए । दलित तथा अल्पसंख्यकमा पनि जसपा नेपालका मजिद मसुरी, पुनित राम हरिजन, अजयप्रसाद बरैले २४÷ २४ मत प्राप्त गरि निर्वाचित भएका छन ।

त्यसैगरी एमालेका देबिलाल बैठा धोबी, प्रभुदयाल शार्म, लोसपाकी पुनम देबी गुप्ताले २३÷२३ मत प्राप्त गरेका थिए । पचरौता नगरपालिकामा बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा वडा न २ र ७ को चार वटा मतदान केन्द्रमा बिवाद भएपछि निर्वाचन कार्यालयले जेठ ४ गते मतदान गराएको थियो ।

नगरपालिकामा नगर प्रमुखमा एमालेका जलान्धर सिंह निर्वाचित भएपछि जसपा नेपालबाट निर्वाचित वडा अध्यक्ष, वडा सद्स्यहरु तोकिएको समयमा सपथ नलिइ भ्रमणको बहानामा नगर बाहिर गएका थिए । पचरौता नगरपालिकाले पुनः दोस्रो पटक सपथ ग्रहणको लागि समय निर्धारण गरेपछि उनीहरुलाई नगर प्रमुख सिंहले शपथ गराउनुभएको थियो ।

निर्वाचित नगर प्रमुख सिहले सपथ ग्रहण कार्यक्रममा आफू पचरौताको विकास र सम्वृद्धिको लागि एक कदम पछाडि नहटने प्रतिबद्धता जाहेर गर्नुभएको छ । जुनसुकै पार्टीबाट निर्वाचित भए पनि निर्वाचित जनप्रतिनिधिले जनताको सेवक भएर काम गर्नुपर्ने उहाँले बताउनु भयो । पचरौता नगरपालिकामा कार्यपालिमा जसपा नेपालको बहुमत भए पनि नीति निर्माण र निर्णय प्रकृयामा सबैको स्वामित्व हुने गरी काम गर्ने नगर प्रमुख सिंहले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here