वीरगञ्ज,तत्कालीन नेकपा माओवादी केन्द्र तथा अहिलेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीले पार्टीबाट राजीनामा दिनुभएको छ ।
अन्सारीले नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै राजीनामा दिनुभएको हो । राजीनामापत्रमा उहाँले साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको भन्दै यो विरोधाभासको हिस्सा आफू बन्न नसक्ने उल्लेख गर्नुभएको छ ।

अन्सारी २०७९ सालको प्रदेशसभा चुनावमा पर्सा १ (१) बाट माओवादी केन्द्रबाट विजयी हुनुभएको हो । यसअघि कात्तिक २२ गते तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिनका लागि बसेको प्रदेशसभा बैठकमा उहाँले सोनलको सरकार प्रदेश सांसदले नबनाएर केन्द्रको आदेशमा बनाइएको आरोप लगाउँदै आफ्नै मुखमा मोसो दलेर चर्चामा आउनुभएको थियो ।

Leave a Reply