पोखरिया, १ भदौँ – वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा आइतबार पर्साको पोखरिया नगरप्रमुख दिपनारायण रौनियार समेत पोखरिया नगरभित्रका ४५ जनामा कोरोना सक्रमित पुष्टि भएको छ ।

शुरुमा १२ जनाको कोरोना पोजेटिभ देखिएको र पछि ३३ जनामा गरी प्रमुख रौनियारसहित ४५ जनामा कोरोना पोजेटिभ देखिएको हो । पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनिल यादवसमेत तीन जना चिकित्सक र अन्य स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी पत्रकार शैलेश गुप्तामा पनि संक्रमण पुष्टि भएको छ । मेयर रौनियारको परिवारका १४ जना र स्वकी सचिव राजु रौनिया चालकलगायत ४५ जनामा कोरोना संक्रमित भएको छ । पोखरिया नगरपालिकाका वडा नं. ४ का वडा अध्यक्ष लक्षमण साह, वडा नं ७ नन्दलाल प्रसाद पटेल, वडा नं. ९ का वडा अध्यक्ष रामबाबु चौहान र वडा नं. १० का वडा अध्यक्ष सोनालाल साहमा पनि पोजेटिभ देखिएको छ ।

नगरपालिका वडा नं. १ को ४६ बर्षिय पुरुष, वडा नं. ४ का ८, २३, २७, ५५ र ६०, बर्षिय पुरुष तथा ३० बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरिया नगरपालिकाको वडा नं. ७ का २८ बर्षिय महिला, ३७ बर्षिय पुरुष वडा नं. ९ का १८ बर्षिय पुरुष, ४० बर्षिय पुरुष वडा अध्यक्ष र वडा नं. १० का ४८ बर्षिय पुरुषमा पनि संक्रमण फेला परेको छ । साउन ३० गते ४८ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणकोलागि पाठइएको थियो ।

नारायणी अस्पताबाट आइतबार प्राप्त रिपोर्टमा १२ जनामा कोरोना पोजिटिभ देखिएको हो । साउन २५ गते नगरप्रमुखसमेत ३३ जनाको पिसिआर परिक्षण गर्न लगिएकोमा कोरोना पोजेटिभ रहेको पोखरिया अस्पतालका मेडकल सुपरिटेन्डेन्ट डा अनिल यादवले बताउनुभयो ।

संक्रमितहरुलाई पोखरिया अस्पताल कै आइसोलेसनमा राखिने मेसु यादवले बताउनुभएको छ । यसअघि पोखरिया नगरपालिकाका वडा नं १ वडा अध्यक्ष बंका राउतसहित ४ जनामा कोरोना संक्रमण पुस्टि भएकोले उनीहरुलाई पोखरिया अस्पतालको आईसोलेसनमा राखिएको छ ।

Leave a Reply