मान्छेको जीवन अजम्बरी त छैन तैपनि एकबारका लागि पाइन यो जीवन यत्तिकै खेर फाल्नु भनेको चैं कायरता र मूर्खता मात्र हो । त्यसो त मानिसले आफूले पाएको यस्तो अमुल्य जीवन पनि मानिसले यत्तिकै खेर फालिरहेको देखिन्छ ।
बारा प्रहरीको तथ्यांक हेर्ने हो भने भने जिल्लामा आफ्नो जीवन आफै समाप्त पार्ने वा आत्महत्या गर्नेहरुको संख्या सोचनीय अवस्थामा देखिएको छ । जीवन त एकदिन यसैपनि सकिन्छ नै तर बल्लबल्ल पाएको जीवनमा केही गर्नु नै बहादुरी हो ।
जीवन खेर फालेर बहादुर कुनै पनि अर्थमा भइदैन । जीवन भनेको एकनासले कसैको पनि चल्दैन ।

झुपडीमा बस्नेको होस् या महलमा बस्नेको होस् सबैको आआफ्नो खालको पीडा र बेदना अनि संघर्ष भइ नै रहन्छ । यो संघर्षमा जिउन सक्नु नै वास्तविक जीवन हो अनि यसैमा जीवनको सार्थकता पनि छ । सामान्य जीवन त जसको पनि चलिरहेको हुन्छ नि ।संघर्ष गरेर जीवन चलाउनु नै जीवनको सार्थकता हो । सामान्य घटना वा सामान्य पीडामा पर्दा समेत पछिल्ला दिनमा मानिसले आत्महत्या गर्ने गरेको पनि पाइएको छ । आत्महत्या सकेसम्म अन्त्य गर्नका लागि नै अब विशेष खालको पहल गर्न आवश्यक छ ।तीनै तहका सरकारहरुले यो विषयमा नीति बनाएर राज्यका अन्य संयन्त्रले अनि समाजका सबै ब्यक्तिले पनि यसमा साथ दिन आवश्यक छ । यत्तिकै चैं कसैले पनि आप्mनो जीवन फाल्न हुदैहुदैन ।

Leave a Reply