नरेश गुप्ता
बरियारपुर – बाराको करैयामाई गाउँपालिका वडा नम्बर ८ मा जनता समाजवादी पार्टी जसपाबाट वडा अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र साह स्थानीय निर्वाचनमा पराजित भएपछि रिसको झोकमा कार्यकार्ता भिडाई स्थानीय जनतालाई कुटपिट गरेको कुरा बाहिरिएको छ ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट करैयामाई गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्षका उम्मेदवार दिनेश चौधरीसँग पराजित भएपछि मत नदिएको झोकमा स्थानीय महिला मरछिया देवी यादवलाई बिहीबार राति ८ बजे कुटपिट गरेको हो ।
पिडित महिला यादवका अनुसार आफूले विगतको निर्वाचनमा सुरेन्द्र साहलाई भोट दिएको थिए , तर हालै सम्पन्न निर्वाचनमा एमालेका उम्मेदवार चौधरीलाई भोट दिएपछि आफूलाई जसपाका कार्यकार्ताले कुटपिट गरि घाईते बनाएको जानकारी दिईन् ।
निर्वाचनको बेलामा जसपाबाट रकम बाडीरहेको कुरा एमालेका कार्यकार्ताले थाहा पाएपछि जसपाबाट वडा अध्यक्षका उम्मेदवार बनेका साहलाई घेराबन्दी गरि नियन्त्रणमा लिएको थियो । घेराबन्दी गर्ने बेलामा मेरो घरको सदस्य समेत पुगेको थियो । तर जसपाबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका साह निर्वाचनमा पराजित भएपछि वडामा आफ्नो दबदबा राख्नको निमित्त कार्यपालिकामा अल्पसंख्यक तर्फबाट कार्यपालिका सदस्यमा निर्वाचित भयो ।
करैयामाई गाउँपालिकामा जसपा तथा माओवादीले गठबन्धन गरि कार्यपालिका सदस्य निर्वाचित गराईयो । साह कार्यपालिकामा निर्वाचित भएपछि उनका कार्यकार्ताहरूले भने भोट नदिएका स्थानीयलाई कुट्दै हिडिरहेका छन् । कुटपिट गर्नेमा ईनरपती देवी कोईरीनी , अभिनाश कुशवाहा , दिनेश कुशवाहा , रामसरन कुशवाहा , रिंकु देवी कोईरीनी , ललन यादव , पिंकी यादव , जादव यादव र राजु यादव रहेको छ । कुटपिटबाट पीडित महिला यादवको टाउको तथा देब्रे हातमा बढी चोटपटक लागेको प्रादेशिक अस्पताल कलैयाका प्रमुखले जानकारी दिए ।
करैयामाई गाउँपालिकाको कार्यपालिकामा जसपाको बहुमत रहेपछि अन्य दलबाट निर्वाचित जनप्रतिनिधिलाई हेप्ने , पेलेर कुरा गर्ने जस्ता क्रियाकलाप देखिन थालेको निर्वाचित जनप्रतिनिधिको भनाई रहेको थियो ।
करैयामाई गाउँपालिका वडा नम्बर ८ मा दिनेश चौधरीसँग सुरेन्द्र साह ६९ मतले पराजित व्यहोर्नुपर्यो । पीडित महिलाका यादवका अनुसार महिला सेलमा समेत उजुरी गरेको बताईन् ।