वीरगञ्ज,पर्सा जिल्लाको ग्रामीण भेगमा बाक्लो हुस्सुका कारण बाटो बिराई एउटा चित्तल (हरिण) सुरक्षित रूपमा उद्धार गरिएको छ ।जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–४, देवरबानास्थित चरखवा नदी किनारमा स्थानीयवासी गयालाल पासवानले आइतवार दिउँसो ४ः३० बजे हरिणलाई देखेपछि जानकारी गराएका थिए । उक्त हरिण पर्सा राष्ट्रिय निकुञ्जबाट बाटो बिराएर आएको अनुमान गरिएको छ ।

स्थानीय प्रतिनिधिहरूको पहलमा हरिणलाई सुरक्षित रूपमा वडा कार्यालयमा राखिएको वडा नम्बर ४ का वडाध्यक्ष मोहम्मद आरिफ मियाँले जानकारी दिनुभएको छ । साथै, इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र वन कार्यालय रंगपुरटाडीलाई घटनाबारे सूचित गरिएको वडा अध्यक्ष अन्सारीले बताउनुभयो ।इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले वन कार्यालयका प्रतिनिधिहरू आएपछि चित्रा हरिणलाई सुरक्षित तरिकाले पुनः जङ्गलमा छोडिने जानकारी दिएको छ ।
सौजन्य तस्बिर

Leave a Reply