आगामी चैत्र ५ गते देशभरका सामुदायिक र सरकारी क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुदैछ ।
देशको हरेक राजनीतिमा विद्यार्थी संगठनहरुको भूमिका निकै महत्वपूर्ण हुने गर्दछ । अझै नेपालका पुराना दलका नेताहरु त झन् विद्यार्थी संगठनबाट नै राजनीतिमा उत्रिएका थिए र त्यहीबाट नै उनीहरुले आफ्नो राजनीतिक यात्रा शुरु गरेको पनि बताउने गर्दछन् । यो अर्थमा पनि स्ववियू चुनाव राजनीतिको प्रारम्भिक यात्राको रुपमा लिन सकिन्छ । युवा शक्तिको राजनीतिक यात्रा शुरु गर्ने काम पनि यहीबाट नै हुन्छ ।

नेपालमा भने भनेको समयमा र भनेको दिनमा स्ववियु चुनाव भएको देखिदैन । यसपालि चैत ५ का लागि तय गरिएको छ । विद्यार्थीहरुका लागि चुनावी माहौल शुरु भएको छ तैपनि केही विद्यार्थी संगठनहरुकै कारण पनि समयमा चुनाव हुदैन कि भन्ने पनि देखिएको छ तर त्यसो नहोला अब चुनाव होला अवश्य नै हुने छ यही आशा गरौं । अन्तिम समयमा आएर चुनाव स्थगित पनि गरिनुहुन । विद्यार्थीहरुले पनि यो कुरा बुझेका छन् ।

विद्यार्थीहरुको हकअधिकार स्थापित गर्नका लागि नै भनेर यो चुनाव हुने हो । तर स्ववियुमा चुनाव जितेर गएकाहरुले विद्यार्थीहरुको भावनाको खासै ख्याल नगरेको, विद्यार्थीहरुको समस्याको संबोधन नगरेको भन्ने पनि गुनासो आउने गर्दछ । अब यसो नहोला यसपाली हुने चुनावबाट सक्षम नेतृत्व आएर विद्यार्थीहरुको भावनाको पनि संबोधन होला र विद्यार्थीहरुले पनि मतदानका बेला भने सचेत हुन आवश्यक छ ।

 

Leave a Reply