दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको कोल्हवी नगरपालिका शिक्षक सेवा आयोगको निःशुल्क तयारी कक्षाको बुधवार उद्धाटन गरिएको छ ।नगर उपप्रमुख लक्ष्मीकुमारी चौधरीको अध्यक्षता र नगर प्रमुख रामप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको उद्धाटन नगर प्रमुख चौधरीले गर्नुभएको थियो ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेल, वडा नम्बर १ वडा अध्यक्ष राजहरण चौधरी, वडा नम्बर २ का वडा अध्यक्ष गोपालप्रसाद अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी, वडा नम्बर ९ का वडा अध्यक्ष दलबहादुर चौधरी, नगरपालिका शिक्षा शाखा प्रमुख मिश्रिलाल शाह, श्री नेपाल राष्ट्रिय माध्ययमिक विद्यालय सपहीका प्रधानध्यापक भुनेश्वर चौधरीलगायत प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।



















