कलैया, रुपन्देहीमा यात्रुवाहक बस रोहिणी खोलामा खस्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रवीन्द्र रेग्मीका अनुसार मृत्यु हुनेमा एक जना महिला रहेका छन् । उनीहरूको सनाखत हुन बाँकी रहेको छ । रेग्मीका अनुसार बसमा ३३ जना सवार रहेका थिए । घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा अस्पतालमा उपचार भइरहेको छ । यसबारे थप विवरण आउन बाँकी रहेको रेग्मीको भनाइ छ ।यसैबीच रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा बस दुर्घटनामा परेर ज्यान गुमाउने ४ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेहरूमा तिलोत्तमा नगरपालिका–२ योगीबुटी घर भएका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चपुर बस्ने वर्ष २० का दिनेश दास, बुटवल उप–महानगर वडा नम्बर–११ घर भएका कृष्ण प्रसाद बस्याल र रुपन्देहीको ओमसदिया बस्ने ६५ वर्षीय राजेन्द्र पाण्डे छन् ।