सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड १५ वर्षमा प्रवेश गरेको छ ।
संस्थाको १५ औं स्थापना दिवसको अवसरमा शुक्रवार मुख्य कार्यालय सिमरा परिसरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा संस्थाले जीतपुरसिमरा उपमहानगरपालिका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान र उत्कृष्ट कारोबारकर्ता, कर्मचारी तथा स्नातक तहको परीक्षमा उतिर्ण सहकारी संस्थाका शेयर धनी परिवारका विद्यार्थी, पत्रकार सहित ४ दर्जनभन्दा बढीलाई सम्मान गरेको छ ।
कार्यक्रमको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एवंम् अन्तर्राष्ट्रिय सहकारी महासंघ (एशिया प्रशान्त क्षेत्र) का सञ्चालक मीनराज कँडेलले उद्घाटन गर्नुभएको थियो ।
यस्तै विशेष समारोहमा संविधान सभा सदस्य शोभाकर पराजुली, प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्मा, सीता गुरुङ, निवर्तमान नगर प्रमुख डा.कृष्ण पौडेल, नगर उपप्रमुख भोला अधिकारी, नेपाल पत्रकार महासंघ बारा अध्यक्ष रेशम तिवारी, प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारी, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, जीतपुरसिमरा उपमहानगरपालिकाका वडा अध्यक्ष एवंम् कार्यपालिका सदस्यहरुको सहभागिता थियो ।
सिमरा, जीतपुर, डुमरवाना आसपासका ४ हजारभन्दा बढी सदस्यका बीच ६६ करोडको आर्थिक कारोबार गर्दै आएको संस्था २०६५ जेष्ठ २० गते डा.कृष्ण पौडेलको अगुवाइमा स्थापना भएको थियो ।
सहकारी संस्थाका अध्यक्ष यज्ञबहादुर आलेको अध्यक्षता भएको कार्यक्रममा सञ्चालक क्षमादेवी अधिकारीले स्वागत र दिपक भट्टको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान र अस्पताललाई शैया सहियोगलगायत साताव्यापी कार्यक्रम संचालन गरेको थियो ।
पत्रकार अविनाश आचार्य सम्मानित
पत्रकार अविनाश आचार्य सम्मानित हुनुभएको छ । हातेमालो बचत तथा ऋण सहकारीको १५ औं स्थापनाको अवसरमा उहाँलाई संस्थाले सिमरामा सम्मान गरेको हो ।
पत्रकारकारिताको माध्यमबाट समाजको विमासमा योगदान पु¥याएको भन्दै उहाँलाई हातेमालोले नगदसहित सम्मान गरेको हो ।
लामो समय सिमरास्थित रेडियो सिमरामा कार्यरत आचार्य हाल सिआइएन काठमाण्डौंमा कार्यरत हुनुहुन्छ । संस्थाका अध्यक्ष यज्ञबहादुर आले र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एवंम् अन्तर्राष्ट्रिय सहकारी महासंघ (एशिया प्रशान्त क्षेत्र) का सञ्चलक मीनराज कँडेलले आचार्यलाई दोसल्ला ओडाएर नगद, कदर(पत्रसहित सम्मान गर्नुभएको थियो ।
यो समाचारलाई माथिको समाचारमा बक्स बनाउर राख्ने । फोटो पनि छ ।