नरेश गुप्ता,महागढीमाई नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा नेकपा एमाले र जसपा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन ।

महागढीमाई नगरपालिका नगरकार्यपालिका सद्स्य पदको लागि शुक्रवार भएको निर्वाचनमा दलित वा अल्पसंख्यकबाट ३ जना र महिला सद्स्यहरु ५ जना उम्मेदवार छनौट गर्न मतदान भएको थियो । कार्यपालिकाका सद्स्य पदमा दलित वा अल्पसंख्यकबाट एमालेका महेश जैसवाल र मनोज साह कलवार तथा जसपाबाट जयलालप्रसाद कानु ३१ मत पाएर निर्वाचित भएका छन ।

यसैगरी कांग्रेस र एकीकृत समाजवादीका उम्मेदवारबीच भएको गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसको उपेन्द्रकुमार गुप्ता, राजदेव साह, रामजी प्रसाद बरैले २५ मत मात्र प्राप्त गरेका थिए । त्यस्तै कार्यपालिकाको महिला सदस्यमा एमालेकी गिता देबी चौरसिया, पशपतिया देबी कुम्हिन, शिवकुमारी देबी, जसपाकी अंजली कुमारी र रुपकली देबीले ३०÷३० मत पाएर निर्वाचित भएका छन ।

कर्यपालिकाको महिला सद्स्यको लागि उम्मेदवारी दिएका कांग्रेसकी चरमतिया चमैइनले २७, सरस्वती देबीले २६, सानमती देबी, सुकुन्तली देबी माझीले २७ र गठबन्धनबाटे एकीकृत समाजवादीकी रामप्यारी देबी शाहले २६ मत ल्याउनुभयो ।

महागढीमाई नगरपालिकाको कार्यपालिका सद्स्य पदको लागि दलित वा अल्पसंख्यकबाट ३ र महिला सद्स्य ५ जनाको लागि भएको मतदानमा एमाले र जसपा गठबन्धनको प्यानल निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत ठाकुर तिवारीले जानकारी दिनुभयो ।

कार्यपालिका सद्स्यहरु छनौट गर्न शुक्रवार भएको निर्वाचनमा निर्वाचित ५७ जनाले मतदान गरेका थिए । दलित वा अल्पसंख्यकतर्फ एक मत मात्र बदर भएको थियो ।

यसैबीच कांग्रेस र एकीकृत समाजवादी गठबन्धनसंग रहेको सबै मत गठबन्धनका उम्मेदवारहरुले नपाएको नगर प्रमुख उपेन्द्रप्रसाद यादवले बताउनुभएको छ । कांग्रेसभित्र नै भएको अन्तर्घातका कारण कार्यपालिका सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारहरु पराजित भएको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here