निजगढ,लायन्स क्लब अफ निजगढ र लायन्स क्लब निजगढ पिसको आयोजनामा निजगढमा संचलन गरिएको निशुल्क आँखा शीवीरमा १ सय ७५ जनाले आँखा परीक्षण गराएका छन ।
परीक्षण गरिएका मध्ये ७० जनामा मोतियाबिन्दु फेला परेको र उनीहरुको शल्यक्रिया गर्नु पर्ने देखिएको जानकारी दिइएको छ । शीवीरमा २ दिनसम्म आँखा रोगीहरुको परीक्षण गरिने र मोतिया बिन्दु फेला परेका बिरामीहरुका आगामी सोमबारबाट निशुल्क शल्यक्रिया गरिने लायन्स क्लब आफ निजगढ पिसका अध्यक्ष रञ्जन लामिछानेले बताउनुभयो ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौं र निजगढ नगरपालिकाको सौजन्यमा निजगढ नगरपािलका वडा नम्बर ९ शहिद चोकस्थित लक्ष्मी नारायण धर्मशालामा शनिबारबाट शीवीर संचालन गरिएको थियो ।
शीवीरमा लायन्स क्लब अफ काठमाण्डौं सम्वृद्धि, लायन्स क्लब अफ भक्तपुर स्वीट होम र मेचीमहाकाली बुहारी संयुक्त आवाज निजगढको सहयोग रहको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । शल्यक्रिया गर्ने बिरामीहरुको लागि खाने र बस्ने सुविधासमेत निशूल्क रहेको अध्यक्ष लामिछानेले बताउनुभयो ।