कलैया,मदन भण्डारी फाउण्डेशन मधेस प्रदेश कमिटीको अध्यक्षमा बाराका राजमहम्मद राय चुनिनुभएको छ ।
फाउण्डेशनको शनिवार बर्दिवासमा सम्पन्न प्रदेश स्तरीय विस्तारित बैठकले अन्सारीको अध्यक्षतामा ५५ सदस्यीय मधेस प्रदेश कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा गणेश प्रसाई (सर्लाही), सचिवमा रणजीत सिंह (महोत्तरी), कोषाध्यक्षमा अशोक तिवारी (बारा), उपसचिवमा नवराज शर्मा (पर्सा) चयन हुनुभएको छ ।
बैठकमा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश कमिटीका इन्चार्ज लीलानाथ श्रेष्ठ, नेकपा एमाले पोलिटब्यूरो सदस्य सुमन प्याकुरेल, अचुत मैनाली, ज्वाला साह, नेकपा एमाले केन्द्रीय सदस्य तथा मधेस प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री सरोज यादव, एमाले मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डललगायतको उपस्थिति रहको थियो ।

Leave a Reply