कलैया,बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा सशस्त्र प्रहरी फरवाड आउट पोस्ट (एफओबी) मा आगलगी भएको छ ।
विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा रहेको सशस्त्र प्रहरीको एफओबीमा बिद्युत सर्ट भएर आगलगी भएको बलिरामपुर सशस्त्र प्रहरीले जनाएको छ ।दिउँसो ३ बजेबाट सुरु भएको आगलगीबाट एफओबीमा रहेको हातहतियार, गोली गठ्ठासहित सबै कागजात तथा खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको सशस्त्र प्रहरीले जनाएको छ ।अहिले आगलगी नियन्त्रणमा आइसकेको सशस्त्र प्रहरी एफओबी बलिरामपुरले जनाएको छ ।आगलगीबाट कुनै मानवीय क्षति नभएको तथा क्षतिकोे यकिन विवरण आउन बाँकी रहेको बलिराम सशस्त्र प्रहरीको भनाई छ ।

Leave a Reply