कृपा संवाददाता
डेक्स – करैयामाई गाउँपालिका वडा नम्बर ८ द्वारा आयोजित प्रथम वडा अध्यक्ष टि– २० क्रिकेट टुर्नामेण्टको उद्घाटन गर्दै प्रदेश नम्बर २ का अर्थ तथा योजना राज्य मन्त्री उषा यादवले मानिस स्वस्थ्य रहनका लागि खेलमा मात्र ध्यान दिए पुग्छ सम्बोधन गरेकी थिईन् । बुधबार औनियाँ क्रिकेट टिमद्धारा आयोजित प्रथम वडा स्तिरिय टि– २० क्रिकेट टुर्नामेण्टको प्रमुख अतिथी रहेकी प्रदेश नम्बर २ का अर्थ तथा योजना राज्य मन्त्री यादवले स्वस्थ्य रहन रहेक कुरा त्याह गरी खेलकुदमा मात्र ध्यान दिए स्वस्थ्य रहन सक्ने जानकारी दिए ।
प्रदेश नम्बर २ का अर्थ तथा योजना राज्य मन्त्री यादवले उद्घाटन गर्दै खेलकुदले युवालाई शारिरिक रुपले तन्दुरुस्त तथा मानसिक रुपले स्वस्थ बनाउने बताए । साथै समाजमा भाईचारा विकसित गराई समृद्ध तथा उन्नत समजको निमार्ण गर्न समेत मदत पुग्ने उनको भनाइ थियो । मादक पदार्थ सेवन, धुम्रपान, लागु औषध जस्ता कुलतमा लागेका युवा पुस्तालाई समाजको मूलाधारामा ल्याउन खेलकूद एउटा राम्रो माध्यम हुने उनको जिकिर थियो ।
तसर्थ एन्ड्रोईडमा रमाइ रहेका युथ जेनेरेसनलाई प्ले ग्राउण्डमा क्रिकेटको बल्ला समाउन र मधेश तथा देशका लागि योगदान दिन आह्वान गरेका थिए । प्रदेश सरकार सदैव युवाको साथमा छ र रहने छ भन्ने दाबी गरे । अहिलेकै युवा पुस्ताले समृद्ध र मधेसो अधिकार सम्पन्न तथा देश निर्माण गर्ने उनले बताए ।
टि– २० क्रिकेट टुर्नामेण्ट सभाको अध्यक्ष करैयामाई गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद साहको रहेको थियो । सो टि– २० क्रिकेट टुर्नामेण्ट सभामा करैयामाई गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामी , टुर्नामेण्टमा पत्रकार, शिक्षक, शिक्षिका, युवा, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।