निजगढ,निजगढ नगरपालिका वडा नम्बर ७ स्थित सत्यश्वर शिवशक्ति आधारभुत विद्यालयको ४० औं जन्म जयन्ति तथा अभिभावक भेला आइतबार सम्पन्न भएको छ ।
युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलले गमलाको फूलमा पानी हालेर अभिभावक भेलाको उद्धघाटन गर्नु भएको हो । सोही अवसरमा पौडेलको संसदीय कोषको रकम सहयोगबाट हालै निर्माण सम्पन्न भएको विद्यालय भवनको पनि पूर्वमन्त्री पौडेलले रिवन काटेर उद्धघाटन गर्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरी चौलागाईको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य अच्युत मैनाली, निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने, वडा अध्यक्ष रामजी बजगाई, शिक्षासेवीहरु भोजराज अधिकारी, घनश्याम लम्सासललगायतले विद्यालयको बारेमा बोल्नु भएको थियो ।
शिक्षिका किरन श्रेष्ठले संचालन गर्नुभएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उमेश श्वर्णाकारले आर्थिक र शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संचालन शिक्षिका पवित्रा बजगाईले गर्नु भएको थियो ।