निजगढ,निजगढ नगरपालिका नगरपालिका सदस्य चयनका लागि सोमबार भएको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी गठबन्धनका उम्मेदवारहरु विजयी बनेका छन । महिला ५ र पिछडा तथा अल्पसंख्यक समुदायका ३ गरी ८ जना कार्यपालिका सदस्य चयनको लागि भएको निर्वाचनमा गठबनधनबाट उम्मेदवार बनेका सबै आठै जना निर्वाचित भएका हुन ।

निर्वाचन कार्यालय निजगढले दिएको जानकारी अनुसार दलित तथा अल्पसंख्यक कोटातर्फ मानबहादुर डासेली, शर्मिला विश्वकर्मा र मैयाकुमारी सुनार निर्वाचित भएका छन् । उनीहरुले नेकपा एमालेका चम्पा परियार, मनमाया विक, सन्तोष कुमार दनुवारलाई पराजित गरेका हुन । गठबन्धनका उम्मेदवारले ३६÷३६ पाएका थिए भने एमालेका उम्मेदवारहरुले ३१÷३१ मत मात्र प्राप्त गरेका छन । यसैगरी महिला सदस्यतर्फ नेपाली कांग्रेसकी मिना चौरेल, मनमाया तामाङ, पवित्रा सुनुवार, फुलमाया लामा घलान र मनमाया मगर निर्वाचित भएका छन् । उनीहरुले पनि नगर सभा सदस्यको ३६÷३६ मत पाएका छन भने पराजित एमालेका उम्मेदवारहरु मनमाया श्रेष्ठ, मिना सुनार, आशा चौलागाई, चण्डिका उप्रती र भगवती घिमिरेले ३१÷३१ मत पाएका छन ।

गठबन्धनको सहमति अनुसार कार्यपालिका सदस्यको लागि नेपाली कांग्रेसको रुख चुनाव चिन्हबाट उम्मेदवारी दिइएको भएपनि माओवादी र कांग्रेशले ४÷४ जनाको भागबण्डा गरेर उम्मेदवारी दिएका थिए ।

बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट नगरपालिकाको नगर सभामा एमालेबाट नगर प्रमुख, उपप्रमुख र पाँच वडा अध्यक्ष सहित ३१, कांग्रेसबाट आठ वडा अध्यक्ष सहित ३६ गरी ६७ सदस्य निर्वाचित भएका थिए । निर्वाचनमा रुख चुनाव चिन्ह लिएर लडेका १ वडा अध्यक्ष सहित माओवादीबाट ९ जना वडा सदस्य चुनिएका छन ।

माओवादी केन्द्रको एक वडाअध्यक्ष सहित पाँच जना माओवादीका भएपनि वडाअध्यक्ष सहित सबै रुख चिन्हबाटै उम्मेदबार भई जित हात पारेका हुन ।

यसैगरी कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएसंगै नगरपालिकाको नगर सभामा नेपाली काग्रेसबाट सदस्य संख्या ४४ पुगेको छ । दलित तथा अल्पसंख्यकबाट निर्वाचित भएका तीन जना स्वतः नगर सभाको सदस्य हुनेछन् । नगर सभामा एमालेका ३१ जना सदस्य रहेका छन ।

Leave a Reply