रतनपुर,ग्रामिण विकास सेवा समूह निजगढ नगर स्तरीय नकाउट फुटबलको उपाधिको लागी निजगढ सिटी फुटबल क्लब र समाजसुधार फुटबल क्लब भिड्ने भएका छन ।निजगढ नगरपालिका वडा नम्बर १२ कोलगाउँमा सोनाम ल्होसारको अवसरमा ग्रामिण विकास सेवा समूहले आयोजना गरेको निजगढ नगर स्तरीय नकाउट फुटबल प्रतियोगिताको उपाधिको लागि माघ १० गते बुधवार दुई टोलीको भिडन्त हुने भएको हो ।सिटीले फाईनल यात्राको क्रममा रतनपुर युनाइटेड, आयओजक “बि“ र निजगढ फुटबल क्लबलाई पराजित गरेको थियो भने समाजसुधार फूटबल क्लबले सिङ्गौल एफसी, रतनपुर बीचटोल र फ्याफुल्ला फुटबल क्लबलाई पाखा लगाएर फाइनल यात्रा तय गरेको हो ।।
प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजारसहित ट्रफी, प्रमाणपत्र र उपविजेताले ३० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन ।प्रतियोगितामा निजगढ नगरका विभिन्न टोल र वडाका समेत गरी १४ टोलीको सहभागीता रहेको थियो । फाइनल खेल माघ १० गते बुधवार दिनको १ बजे एफसी कोलगाउँ फुटबल क्लबको खेलमैदानमा हुने आयोजक समितिका अध्यक्ष बाबुराम थिङ्गले जानकारी दिनुभएको छ ।



















