नरेश गुप्ता

बरियारपुर,मेलमिलाप गरेरगाउँघरमा नै टुङ्ग्इने गरिएपछि बारा जिल्लामा बहुबिवाहका मुद्दाले प्रहरीमा प्रवेश नै नपाउने गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा आर्थिक वर्ष ०७८÷०७९ को बैशाख मसान्तसम्म जम्मा १७वटा मुद्दा प्रहरीमा दर्ता रहेको एक तथ्यांकले देखाएको छ । बहुबिवाहको मुद्दामा प्रहरीमा उजुरी लिएर आउने पीडित महिला तथा उनका आफन्तलाई मुद्दादर्ता नगर्न र मेलमिलाप गर्न सामाजकाअगुवाहरूबाट दबाब दिइने गरिएकाले अधिकांश मुद्दाहरुले प्रहरीमा प्रवेश नपाउने गरेको हो ।

प्रहरी कार्यालयमा आएका मुद्दामा पनि गाउँघरमा लगेर मेलमिलाप गराइने गरिएको पाइएको छ ।

बहुबिवाह गर्नु समाजिक अपराध भएपनि कानुनको उल्लंघन गर्दै बहुविवाहा गर्ने प्रचलन बारा जिल्लामा कायम छ । बहुबिवाहपछि पनि महिलाले पहिलाकै श्रीमानसंग बस्नु पर्ने बाध्यताले गर्दा महिलाहरु मुद्दा गर्न हच्किदै आएका छन । केही महिलाले भने श्रीमानबाट अंश लिएर छुट्टै बस्ने गरेको उदाहरण पनि जिल्लामाफेला परेको छ ।

त्यसैगरी बारा जिल्लामा बहुबिवाह गर्नेमा अधिकांश प्रहरीहरु नै पाइएको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ८ पिपरा बलुवा निवासी प्रहरी जवान निरन्जन यादवले सुनिता रामसंग दोस्रो विवाह गरेको र प्रहरीमा उजुरी परेपछि सामाजिक मेलमिलापमार्फत हाल उनी जेठी श्रीमतीलाई पनि घरमा संगै राखेर बसेका छन ।

त्यसैगरी देवताल गाउँपालिका वडा नम्बर ४ पिप्राढी निवासी प्रहरी जवान राकेश ठाकुरले पनि दोस्रो विवाह गरेका छन । उनले जिल्लाको आदर्श कोतवाल गाउँपालिका १ माइती घर भएकी जेठी श्रीमती सुन्दरी शर्मालाई छोडेर अर्कै विवाह गरेपछि सुन्दरीले बहुविवाहको मुद्दा दर्ता गर्न प्रहरीमा हारगुहार गर्दै आउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here